Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • रुसी सेनामा कार्यरत आफन्तलाई फिर्ता गराउन माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन

    रुसी सेनामा कार्यरत आफन्तलाई फिर्ता गराउन माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन

    अनलाइन नेपाल
  • बिहिबार, ६ बैशाख २०८१
  • 183
    SHARES

    काठमाडौं । रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गराउन माग गर्दै परिवारजनले काठमाडौंमा बिहीबार प्रदर्शन गरेका छन्।

    सरकारले रुसी सेनामा भर्ती भएका सबैलाई तत्काल फिर्ता गराउनुपर्ने माग राख्दै उनीहरूले सिंहदरबारअगाडि प्रदर्शन गरेका हुन् ।



    प्रदर्शनका क्रममा कृतु भण्डारीसहित १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



    अवैध तरिकाले रुसी सेनामा गएर सम्पर्कविहीन भएकाहरुको खोजी, युक्रेनसँगको युद्धमा मृत्यु भएकाहरुको शव फिर्ता र अलपत्र परेकाहरुको उद्धारको माग राख्दै प्रदर्शन गरेका हुन्।

    उनीहरुले युद्धमा घाइते नेपालीको उचित उपचार र रुस सरकारबाट पाउने तलब, भत्ताका लागि सहजीकरण गरिदिनसमेत माग गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार