Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • अस्ट्रेलियाद्धारा टी–२० विश्वकप खेल्न मार्सको कप्तानीमा १५ सदस्यीय टोली घोषणा

    अस्ट्रेलियाद्धारा टी–२० विश्वकप खेल्न मार्सको कप्तानीमा १५ सदस्यीय टोली घोषणा

    अनलाइन नेपाल
  • बुधबार, १९ बैशाख २०८१
  • 240
    SHARES

    एजेन्सी । अस्ट्रेलियाले २०२४ को टी–२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।

    विश्वकपमा टिमले मिचेल मार्सको कप्तानीमा मैदान उत्रनेछ । भारतमा खेलिरहेको आईपीएल २०२४ मा उत्कृष्ट प्रदर्शन गरिरहेका धेरै यस्ता खेलाडीले टोलीमा स्थान पाएका छन् ।



    टोलीमा ट्राभिस हेड र ग्लेन म्याक्सवेल जस्ता स्टार खेलाडीलाई समावेश गरिएको छ । यसबाहेक अस्ट्रेलियाका टेस्ट र एकदिवसीय कप्तान प्याट कमिन्सलाई पनि टोलीमा राखिएको छ ।



    प्याट कमिन्स हाल आईपीएल २०२४ मा सनराइजर्स हैदराबादको नेतृत्व गरिरहेका छन् । रोयल च्यालेन्जर्स बैंग्लोरबाट खेल्दा खासै राम्रो प्रदर्शन गर्न नसकेका अलराउन्डर क्यामरुन ग्रीनलाई पनि टोलीमा मौका दिइएको छ ।

    सन् २०२१ मा भएको टी–२० विश्वकपमा अस्ट्रेलिया च्याम्पियन बनेको थियो । यस्तो अवस्थामा यसपटक पनि अस्ट्रेलिया उपाधि जित्ने प्रबल दाबेदार हुनेछ । बोर्डले प्रतियोगिताका लागि टिममा रहेका अधिकांश अनुभवी खेलाडीमा विश्वास व्यक्त गरेको छ ।

    अस्ट्रेलियाले आईपीएल २०२४ मा विस्फोटक इनिङ्स खेलिरहेका ज्याक फ्रेजर म्याकगुर्कलाई टिममा राखेको छैन । म्याकगुर्कको नामलाई लिएर निकै चर्चा भएको थियो । अस्ट्रेलियाले केन्द्रीय सम्झौतामा परेका मार्कस स्टोइनिसलाई मौका दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार