Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • टी-२० विश्वकपका लागि दक्षिण अफ्रिकाको टोली घोषणा

    टी-२० विश्वकपका लागि दक्षिण अफ्रिकाको टोली घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 786
    SHARES

    एजेन्सी । आईसीसी टी–२० विश्वकप २०२४ का लागि दक्षिण अफ्रिकाले १५ सदस्यीय टोली घोषणा गरेको छ।

    दक्षिण अफ्रिकाले वेस्टइन्डिज र अमेरिकामा जुन १ देखि हुने विश्वकपका लागि एडिन मर्क्रमको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।



    मर्क्रमले पहिलो पटक आईसीसी प्रतियोगितामा दक्षिण अफ्रिकाको कप्तानी गर्नेछन्। एनरिच नोर्किया र क्विन्टन डी कक दक्षिण अफ्रिकाको केन्द्रीय अनुबन्ध सूचीबाट बाहिरिए पनि टिममा समाबेश भएका छन्।



    दक्षिण अफ्रिका समूह ‘डी’ मा छ। समूहमा नेपाल पनि रहेको छ। यो समूहमा दक्षिण अफ्रिका र नेपालसहित बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन्।

    दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेल जुन ३ मा श्रीलंकासँग खेल्नेछ। नेपाल र दक्षिण अफ्रिकाबीचको खेल जुन १४ मा सेन्ट भिसेन्टमा हुनेछ।

    दक्षिण अफ्रिकाको टोली: एडिन मर्क्रम (कप्तान), ओटनियल बार्टम्यान, जेराल्ड कोएट्जी, क्विन्टन डी कक, ब्योर्न फोर्टुइन, रीजा हेनरिक्स, मार्को जान्सेन, हेनरिक क्लासेन, केशव महाराज, डेभिड मिलर, एनरिक नोर्किया, कागिसो रबाडा, रायन रिकेल्टन, तब्राज शाम्सी र ट्रिस्टन स्टब्स।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार