Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • टी–२० विश्वकप : सुपर–१२ का खेल आजदेखि

    टी–२० विश्वकप : सुपर–१२ का खेल आजदेखि

    अनलाइन नेपाल
  • शनिबार, ५ कार्तिक २०७९
  • 831
    SHARES

    काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा आजदेखि सुपर १२ को खेल सुरु हुँदैछन् ।

    सुपर १२ मा आज समूह ‘ए’ का दुई वटा खेल हुनेछन् । पहिलो खेलमा घरेलु टोली अस्ट्रेलिया र न्युजिल्याण्ड खेल्दैछन् । खेल सिड्नीमा दिउँसो पौने १ बजे सुरु हुनेछ ।



    त्यस्तै आज हुने दोस्रो खेल अफगानिस्तान र इंग्ल्याण्डबीच हुनेछ । खेल दिउँसो पौने पाँच बजे पर्थमा सुरु हुनेछ ।



    यसअघि हिजो भएका खेलमा जिम्बावे समूह ‘बी’ को विजेता र आयरल्यान्ड उपविजेता बन्दै सुपर १२ मा पुगेको छ । त्यस्तै समूह ‘ए’ बाट श्रीलंका शीर्ष र नेदरल्यान्ड्स दोस्रो स्थानमा रहँदै सुपर १२ मा पुगिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार