Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • आईसीसी टी-२० विश्वकप क्रिकेट आजबाट

    आईसीसी टी-२० विश्वकप क्रिकेट आजबाट

    अनलाइन नेपाल
  • आइतबार, ३० असोज २०७९
  • 777
    SHARES

    काठमाडौं । आठौं संस्करणको आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट अष्ट्रेलियामा शुरू हुँदैछ । भिक्टोरियामा आइतवार पहिलो राउण्ड अन्तर्गत समूह ‘ए’ का दुई खेल हुँदैछन् ।

    उद्घाटन खेलमा नामिबिया र श्रीलंका खेल्दै छन् । जीएमएचबीए मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ९स्४५ मा शुरू हुनेछ ।



    आइतवार नै हुने दोस्रो खेलमा समूह ‘ए’ का यूएई र नेदरल्यान्ड्स खेल्दै छन् । जीएमएचबीए मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो १:४५ मा हुनेछ ।



    यस विश्वकपमा १६ राष्ट्र सहभागी रहेका छन् । १६ टोलीमा ८ टोलीले पहिलो राउण्ड खेल्नेछन् ।

    पहिलो चरणमा ४-४ टोलीको दुई समूह रहेकोमा दुबै समूहका शीर्ष दुई टोली दोस्रो राउण्डका लागि छनोट हुनेछन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार