Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • टी-२० विश्वकपमा नेपाल समूह ‘डी’ मा, दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग भिड्ने

    टी-२० विश्वकपमा नेपाल समूह ‘डी’ मा, दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग भिड्ने

    अनलाइन नेपाल
  • शुक्रबार, २० पुष २०८०
  • 624
    SHARES

    काठमाडौं । आइसीसी टी-२० विश्वकपमा नेपालले समूह ‘डी’ मा परेको छ ।

    आइसीसीले सार्वजनिक गरेको तालिकाअनुसार नेपाल समूह डीमा रहँदै दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग खेल्ने भएको हो ।



    नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्नेछ।



    त्यस्तै दोस्रो खेल जुन ११ मा श्रीलंकासँग, तेस्रो खेल जुन १४ मा दक्षिण अफ्रिकासँग र अन्तिम खेल जुन १६ मा बंगलादेशससँग खेल्नेछ।

    नेपालले दुई खेल वेस्ट इन्डिज र दुई खेल अमेरिकामा खेल्ने आइसीसीले जानकारी दिएको छ ।

    विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन् । त्यसपछि १९ देखि २४ जुनसम्म सुपर ८ हुनेछ । सेमिफाइनल २६ र २७ जुनमा हुनेछ भने फाइनल १९ जुनमा हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार