Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • इलाममा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु, एक गम्भीर घाइते

    इलाममा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु, एक गम्भीर घाइते

    अनलाइन नेपाल
  • बुधबार, १९ बैशाख २०८१
  • 435
    SHARES

    फाइल तस्विर

    इलाम । इलाममा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

    झापाबाट इलाम आउँदै गरेको मे१ज ३२६३ नम्बरको भ्यान मेची राजमार्गअन्तर्गत रोङ गाउँपालिका–४ बाइखोरमा दुर्घटना भएको हो ।



    भ्यान सडकबाट करिब पाँच सय मिटर तल खसेको इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए।



    दुर्घटनामा परी मारुती भ्यानका चालक देउमाई नगरपालिका–६ का २५ वर्षीय दिपेश राईको मृत्यु भएको छ।

    भ्यानमा सवार इलाम नगरपालिका–५ निवासी २६ वर्षका विश्वास राई गम्भीर घाइते भएको प्रनाउ जबेगुले जानकारी दिए।

    उनलाई उपाचारका लागि झापा पठाइएको पठाइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार