Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पाल्पामा फेरि अर्को दुर्घटना, चार जनाको अवस्था गम्भीर

    पाल्पामा फेरि अर्को दुर्घटना, चार जनाको अवस्था गम्भीर

    अनलाइन नेपाल
  • सोमबार, ६ कार्तिक २०८०
  • 999
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पाल्पाको रम्भा–४ रानीवन नजिकै भ्यान दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सोमबार बिहान ५ बजेतिर आर्यभाङ्ज्याङ्रा–मपुर सडक खण्ड हुँदै वीर कोट जाँदै गरेको लु १ ज ३९८३ नम्बरको भ्यान दुर्घटनामा परेको हो ।



    दुर्घटनामा परी रम्भा–४, रमाईडाँडा बस्ने वर्ष २३ का कृष्ण सारू, सोही स्थानका २७ वर्षका नरेन्द्र दर्लामी, २२ वर्षका दिलबहादुर कवरमगर, १९ वर्षका मोहनसिंह दर्लामी र १८ वर्षका सुरेश सारू गम्भीर घाइते भएका छन् ।



    घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ भने एक जनाको अवस्था सामान्य रहेको छ। उनीहरूको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार