Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काठमाडौंको चन्द्रागिरीमा भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु

    काठमाडौंको चन्द्रागिरीमा भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १२ साउन २०८०
  • 831
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंको चन्द्रागिरी चन्द्रागिरि नगरपालिका–४ पानीघाटमा मारुती भ्यान दुर्घटना भएको छ ।

    शुक्रबार भएको उक्त गाडी दुर्घटना परी २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



    थानकोटबाट चित्लाङ जाँदै गरेको बा १० च ३५४६ नम्बरको सुजुकी भ्यान दुर्घटनामा परेको हो ।



    दुर्घटनामा परी मृत्यु हुनेमा भ्यानका चालक सिन्धुली घर भएका २० वर्षीय नवराज थोकर तामाङ र ४५ वर्षीय अनिल तामाङ रहेका छन्।

    गाडीमा चालकसहित ५ जना सवार थिए। थप विवरण आउन बाँकी रहेको र घटनास्थलमा सुरक्षाकर्मीको टोली पुगिसकेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार