Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • गुडिरहेको बसमा करेन्ट लाग्दा सल्यानमा २ जनाको घटनास्थलमै मृत्यु

    गुडिरहेको बसमा करेन्ट लाग्दा सल्यानमा २ जनाको घटनास्थलमै मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २१ असार २०८०
  • 1K
    SHARES

    फाइल तस्विर

    सुर्खेत । दाङको तुलसीपुरमा गुडिरहेको यात्रुवहाक बसमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    मृत्यु हुनेमा रोल्पाको दलसिंगेका कालुराम डाँगी र टोपीलाल डाँगीको मृत्यु रहेका छन् । उनीहरु दुवै जना बाबु र छोरा भएको प्रहरीले जनाएको छ ।



    तुलसीपुरबाट रोल्पाको दलसिंगेका लागि छुटेको रा १ ख ८३४ नम्बरको बस बिहीबार सल्यानको राप्ती राजमार्गको चोर खोला नजिकै जाँदा दुर्घघटना भएको हो ।



    बुधबार राति हावाहुरी र पानी आउँदा सडक छेउको बिजुलीको तारमा रुख ढलेको थियो । सडकबाट बस पार हुँदा बिजुलीको तारमा छोइएर बसमा करेन्ट प्रवाह भएको जनाईएको छ ।

    बसमा २० देखि २५ जना सवार भएको जनाइएको छ । यद्यपि यसबारे थप जानकारी भने आउन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार