Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु

    ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १५ जेष्ठ २०८०
  • 546
    SHARES

    मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका– १४ बाममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    मृत्यु हुनेमा ३० वर्षका चालक काशिलाल बढुवाल र २० वर्षका सहचालक शिव बढुवाल रहेका प्रहरीले जनाएको छ ।



    आइतबार राति सदरमुकाम गमगढी बजारबाट खानेपानीको पाइप बोकेर बाम जाने क्रममा बामको फलात नजिकै लु ४ प ७३६८ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।



    जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार घटनाका बारेमा जानकारी भएपछि त्यसतर्फ अस्थायी प्रहरी चौकी बाम र जिल्लाबाट प्रहरी घटनास्थल तर्फ गएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार