Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

    ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २३ बैशाख २०८१
  • 507
    SHARES

    फाइल तस्विर

    डडेल्धुरा । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार नवदुर्गा गाउँपालिका–४ सुरुडामा बागमती प्रदेश ०१–००१ क ९६५१ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।



    दुर्घटनामा चालक धादिङको गजुरी गाउँपालिका–७ं का ४० वर्षीय धिरज थापामगर र रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।



    धादिङको रोडाङ गाउँपालिकाका ३१ वर्षीय सुदिप विक र डडेल्धुराको नवदुर्ग गाउँपालिका–४ का २८ वर्षीय हिक्मत विक घाइते भएका छन्। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

    बेलापुरबाट सिरुडा रामजाने कन्ट्रक्सनको क्याम्प जाँदै गरेको ट्याक्टर शनिवार राति दुर्घटनामा परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार