Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ट्याक्टर बागमती नहरमा खस्दा दुई जनाको मृत्यु, ७ घाइते

    ट्याक्टर बागमती नहरमा खस्दा दुई जनाको मृत्यु, ७ घाइते

    अनलाइन नेपाल
  • बुधबार, ९ फाल्गुन २०८०
  • 600
    SHARES

    फाइल तस्विर

    सर्लाही । सर्लाहीको बरहथवामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् ।

    दुर्घटनामा बाराको गढिमाई नगरपालिका-९ का ५५ वर्षीय जयलाल सहनी र गढिमाईकै ५० वर्षीय रामनाथ सहनीको मृत्यु भएको हो । जयलाल सहनी ट्याक्टर धनी हुन्। ट्याक्टर पनि उनैले चलाएको बेला दुर्घटनामा परेको हो ।



    रौतहटको सीमा नजिकै पर्ने बरहथवा नगरपालिका-१५ पिप्राभित्तामा नम्बर नखुलेको ट्याक्टर बुधबार दिउँसो सडकबाट झण्डै ३० फिट तल बागमती नदीको नहरमा खस्दा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।



    दुर्घटनामा बारा गढिमाईकै १७ वर्षीय आकाश सहनी, १२ वर्षीय किसन सहनी, ४८ वर्षीया गर्भी देवी सहनी, ४५ वर्षीया सुखली देवी, १८ वर्षीय नितेश सहनी, १६ वर्षीया किशोरी अञ्चलाकुमारी र ६७ वर्षीय वृद्ध रामप्रसाद सहनी घाइते भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार