Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • रामेछापमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, दुईजना घाइते

    रामेछापमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, दुईजना घाइते

    अनलाइन नेपाल
  • मंगलबार, १ फाल्गुन २०८०
  • 339
    SHARES

    फाइल तस्विर

    रामेछाप । रामेछापमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

    रामेछाप नगरपालिका–९ ल्याङल्याङमा भएको दुर्घटनामा चालक सोही वडाका ३७ वर्षका गुणराज श्रेष्ठको मृत्यु भएको हो ।



    यस्तै रामेछाप नगरपालिका–८ का मनोज मगर र सोही वडाका चन्द्रबहादुर शाही घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । उक्त ट्याक्टर सुनकोशी नदी किनारबाट बालुवा लिएर ल्याङल्याङतर्फ आइरहेको थियो ।



    घाइतेमध्ये चन्द्रबहादुरको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार