Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक गम्भीर घाइते

    ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक गम्भीर घाइते

    अनलाइन नेपाल
  • मंगलबार, १० पुष २०८०
  • 501
    SHARES

    फाइल तस्विर

    रोल्पा । रोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार लु १ त ४९७० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सुनिलस्मृति गाउँपालिका– ७ तेवाङका २१ वर्षीय चालक तिलक विष्टको मृत्यु भएको हो ।



    दुर्घटनामा लुङग्री गाउँपालिका– ४ सानो नम्जाका ४२ वर्षीय लिलामणि विष्ट गम्भीर घाइते छन् । घाइते विष्टलाई थप उपचारका लागि बुटवल लगिएको प्रहरीले जनाएको छ ।



    खर बोकेर खुङ्ग्रीदेखि सानो नम्जातर्फ जाँदै गरेको उक्त ट्याक्टर तीव्र सुनिलस्मृति गाउँपालिका– ३ बर्जिवाङको भित्री सडकखण्डमा सोमबार राति दुर्घटनामा परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार