Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

    ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १ पुष २०८०
  • 816
    SHARES

    फाइल तस्विर

    बाजुरा । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । आइतबार साँझ बढीमालिका नगरपालिका–२ मार्तडी गौमुल जाने सडक अन्तरगत खडीगाडमा दुई वटा ट्याक्टरले एक अर्कोलाई ओभरट्याक गर्दा दुवै ट्याक्टर दुर्घटनामा परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ट्याक्टरले एक अर्कोलाई ओभरटेक गर्दा एउटा ट्याक्टर खोलामा खसेको थियो भने अर्को ट्याक्टर सडकको भित्तामा दुर्घटना ग्रस्त भएको छ ।



    सु प्र प ०१०० २ त ४१०५ नम्बरको ट्याक्टर खोलामा खसेको छ । उक्त ट्याक्टरमा सवार चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।



    मृत्यु हुनेमा गौमुल गाउँपालिका-६ का चालकसमेत रहेका हिक्मत रोकाया, बडिमालिका नगरपालिका-१ का चन्द्र बहादुर दानी, बडिमालिका नगरपालिका-२ का देवराज जैशी र सोही वडाकी करिस्मा रोकाया रहेका छन् ।

    यस्तै अर्को लु ३ त ७३०५ नम्बरको ट्याक्टर पनि दुर्घटना भएर भित्तामा बजारिएको छ । हाल प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार