Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • वेस्टइन्डिजले दियो नेपाललाई २०५ रनको विशाल लक्ष्य

    वेस्टइन्डिजले दियो नेपाललाई २०५ रनको विशाल लक्ष्य

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 282
    SHARES

    काठमाडौं । वेस्टइन्डिजविरूद्धको टी-२० सिरिजको पहिलो खेलमा नेपालले जितका लागि २०५ रनको लक्ष्य पाएको छ।

    त्रिवि मैदान किर्तिपुरमा पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले ५ विकेट गुमाएर २०४ रनको योगफल तयार गरेको हो।



    पाहुना टोलीका लागि कप्तान रोस्टन चेसले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४६ बलमा ९ चौका र २ छक्का हिर्काए ।



    त्यस्तै, ओपनर एलिक अथानाजेले २५ बलमा ४७ रनको शानदार इनिङ्स खेले । उनले यस क्रममा ५ चौका र ३ छक्का हिर्काए ।

    किसी कार्टीले २६ बलमा ३८ रन बनाए । उनले २६ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।

    नेपालका लागि अविनाश बोहरा, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र कमल ऐरीले १–१ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार