Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

    ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १७ मंसिर २०८०
  • 645
    SHARES

    फाइल तस्विर

    हेटौंडा । मकवानपुरको हेटौंडामा सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।

    हेटौंडा–१६ स्थित पानीस्वारामा ट्याक्टर दुर्घटना हुँदा चालक बाराको निजगढ–१३ का २६ वर्षीय डिलम थिङ र ५६ वर्षीय जीतबहादुर थिङको मृत्यु भएको हो ।



    आइतबार ट्याक्टर व्याक गर्ने क्रममा अनियन्त्रित भएर ट्याक्टर भिरबाट खस्दा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



    आइतबार दिउँसो ३ः३० बजेको समयमा पानीस्वारामा मधेश प्रदेश ०३००१ त ६९८७ नम्बरको ट्याक्टर आफै ‍अनियन्त्रित भई भिरबाट ३०० मिटर तल खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार