Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • पूर्वआईजी श्रेष्ठमाथि कुटपिट आरोपमा पक्राउ परेका बम रिहा

    पूर्वआईजी श्रेष्ठमाथि कुटपिट आरोपमा पक्राउ परेका बम रिहा

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 357
    SHARES

    काठमाडौं । राप्रपाका नेता तथा पूर्वआईजी ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका नीराजन बम रिहा भएका छन् ।

    जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले म्याद थप नगरेपछि बम रिहा भएका हुन् ।



    कालिकोटको तलाताँ गाउँपालिका वडा नम्बर घर भई हाल काठमाडौंको निलोपुल बस्ने बमलाई बिहीबार प्रहरीले पक्राउ गरेर वृत्त महाराजगन्जमा राखेको थियो ।



    उनी श्रेष्ठको जाहेरीको आधारमा पक्राउ परेका थिए ।

    श्रेष्ठले राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे, सहमहामन्त्री प्रेम बलायरसहित रिद्वि जंगबहादुर राणा, हिकमत कार्की र बमविरुद्ध जाहेरी दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार