Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बेलायत पठाइदिन्छु भन्दै साढे ४५ लाख ठगी गर्ने दुई जना पक्राउ

    बेलायत पठाइदिन्छु भन्दै साढे ४५ लाख ठगी गर्ने दुई जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २६ बैशाख २०८१
  • 327
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले क्यानडा र बेलायत पठाइन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा गोरखाका ३८ वर्षीय वकिलबहादुर आले र तनहुँका ३४ वर्षीय धर्मेन्द्र श्रेष्ठ रहेका छन् ।



    आलेले बेरोजगार नेपालीलाई आकर्षक तलबको प्रलोभन देखाएर ३६ लाख ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।



    उनले प्रतिव्यक्ति १७ लाख खर्च लाग्ने र मासिक १ लाख ८० हजार तलब पाउने प्रलोभन देखाएका थिए।

    आलेविरुद्ध ६ जनाले जाहेरी दिएपछि प्रहरीले गोरखाबाट पक्राउ गरेको थियो।

    त्यस्तै श्रेष्ठले बेलायत पठाइदिन्छु भन्दै २ जनासँग ९ लाख ५० हजार ठगी गरेका थिए। श्रेष्ठले पनि आकर्षक तलबको प्रलोभन देखाएर पैसा लिई फरार बनेका थिए।

    उनलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार