Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पूर्वमन्त्रीसहित पाँच जनाविरुद्ध पूर्वएआईजीले दिए प्रहरीमा जाहेरी

    पूर्वमन्त्रीसहित पाँच जनाविरुद्ध पूर्वएआईजीले दिए प्रहरीमा जाहेरी

    अनलाइन नेपाल
  • सोमबार, २८ फाल्गुन २०८०
  • 3K
    SHARES

    काठमाडौं । शसस्त्र प्रहरी बलका पूर्व एआईजी समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठले पार्टीका महामन्त्री विक्रम पाण्डेसहित पाँच जनाविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् ।

    आफूमाथि पार्टी कार्यालयभित्रै सांघातिक आक्रमणमा गरेको भन्दै श्रेष्ठले पाण्डेसहित पाँच जनाविरुद्ध प्रहरी वृत महाराजगञ्जमा उजुरी दिएका हुन् ।



    पार्टी महामन्त्री पाण्डेको योजनामा आफूमाथि आक्रमण गरिएको श्रेष्ठको दावी छ । प्रहरीले घटनाबारे अनुसन्धान गर्न सिसिटिभी फुटेज संकलन गरिसकेको जनाएको छ ।



    आइतबार कार्यसम्पादन समितिको बैठकमा श्रेष्ठले भ्रष्टाचारी भनेपछि पाण्डेसँग चर्काचर्की भएको थियो । लगत्तै बाहिरिएका पाण्डेका समर्थकहरुले बिहान बैठकपछि खाना खान निस्कने क्रममा आफूमाथि आक्रमण भएको श्रेष्ठले बताएका छन् ।

    सामाजिक सञ्जालमा भाइरल बनेको आक्रमणको पछिल्लो भिडियोमा विक्रम पाण्डेका स्वकीय सचिव प्रेम बलायर, राप्रपाको काठमाडौं क्षेत्र नम्बर ४ को अध्यक्ष रिद्दिप्रताप राणा, पाण्डे मन्त्री बन्दा सरकारी नियुक्ति पाएका हिम्मतजंग कार्की र विद्यार्थी नेता निराजन बम देखिन्छन् ।

    श्रेष्ठले उनीहरुविरुद्ध नै जाहेरी दिएको जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार