Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • विक्रम पाण्डेलाई भ्रष्टाचारी भनेपछि पूर्वएआईजीले कुटाइ खाए

    विक्रम पाण्डेलाई भ्रष्टाचारी भनेपछि पूर्वएआईजीले कुटाइ खाए

    अनलाइन नेपाल
  • आइतबार, २७ फाल्गुन २०८०
  • 54.8K
    SHARES

    काठमाडौं । पूर्वमन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का नेता विक्रम पाण्डेलाई भ्रष्टाचारी भनेपछि पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठले कुटाइ खाएका छन्।

    उनमाथि पाण्डेका समर्थकहरूले कुटपिट गरेका हुन्। श्रेष्ठ पनि हाल राप्रपाकै नेता हुन् । पाण्डेका कार्यकर्ताले श्रेष्ठलाई लखेटीलखेटी कुटेको राप्रपाकै एक नेता बताउँछन् ।



    आइतबार बिहान कार्यसम्पादन समितिको बैठक चलिरहेको बेला सशस्त्रका पूर्वएआईजी श्रेष्ठले पाण्डेलाई भ्रष्टाचारी भनेपछि बैठकमा लफडा सुरू भएको थियो।



    लगत्तै पाण्डे बाहिर निस्केका थिए । पाण्डे निस्केको केही बेरपछि श्रेष्ठ बाहिरिने क्रममा पाण्डेका कार्यकर्ताले उनलाई कुटपिट गरेका हुन्। श्रेष्ठ पार्टी कार्यालयभित्रै कुटिएका हुन्।

    पार्टी कार्यालय धुम्वाराहीमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहँदा श्रेष्ठमाथि आक्रमण भएको हो । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा श्रेष्ठले राखेको धारणाका कारण आक्रमण भएको नेताहरूले जनाएका छन् ।

    श्रेष्ठमाथि आक्रमण भएपनि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आक्रमण गर्नेको पहिचान गर्न निर्देशन समेत दिएका छन्। पार्टीको आन्तरिक एजेण्डाका साथै पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न दुई दिनदेखि राप्रपाको बैठक बसिरहेको थियो ।

    राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले घटनाबारे अध्ययन भइरहेको जानकारी दिएका छन्।

    राष्ट्रिय गौरवको बहुचर्चित सिक्टा सिँचाइ आयोजनामा २ अर्ब १३ करोड रूपैयाँ भ्रष्टाचार भएको ठहरसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कालिका कन्ष्ट्रक्सनका विक्रम पाण्डे, इआरएमसीका उद्धवराज चौलागाई र सिंचाई विभागका तत्कालीन महानिर्देशक सरोज पण्डितसहित २१ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । तर, उक्त मुद्दामा पाण्डेलगायतले सफाइ भने पाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार