Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • वेस्टइन्डिजविरूद्ध रोहित पौडेलले बनाए अर्धशतक

    वेस्टइन्डिजविरूद्ध रोहित पौडेलले बनाए अर्धशतक

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 375
    SHARES

    काठमाडौं। वेस्टइन्डिजविरूद्ध कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् ।

    उनले २८ बलमा ५२ रन बनाएर खेलिरहेका छन् । नेपालले १०.३ ओभरमा ३ विकेटको क्षतिमा ९४ रन बनाएको छ ।



    यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रन बनाएको थियो ।



    खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । नेपाल र वेस्ट इन्डिजबिच पाँच खेल टी–२० खेलको शृङ्खला खेलिने कार्यक्रम रहेको छ।

    शृङ्खलाको दोस्रो खेल आइतबार खेलिने छ । तेस्रो खेल मे १ तारिखमा खेलिने छ । चौथो खेल मे २ तारिखमा र पाँचौँ खेल मे ४ तारिखमा खेलिने छ।

    नेपालले ११ ओभरमा ३ विकेट गुमाउँदै ९६ रन बनाएको छ । रोहित पौडेल २९ बलमा ६ चौका र २ छक्कासहित ५३ र दीपेन्द्र १ रनमा क्रिजमा छन् । ओपनर अनिल शाह ५ र कुशल मल्ल र कुशल भुर्तेल १६-१६ रनमा आउट भए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार