Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • पूर्वआईजी ठाकुरमोहन माथि आक्रमण गर्ने पक्राउ

    पूर्वआईजी ठाकुरमोहन माथि आक्रमण गर्ने पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १४ बैशाख २०८१
  • 615
    SHARES

    काठमाडौं । राप्रपाका नेता तथा पूर्वआईजी ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा कालिकोटको पलाताँ गाउँपालिका–९ घर भई काठमाडौं निलोपुल बस्ने ३१ वर्षीय निराजन बम छन् ।



    उनलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले बतायो ।



    २७ फागुनमा काठमाडौं धुम्बाराहीस्थित पार्टी कार्यालयमा नेता श्रेष्ठमाथि आक्रमण भएको थियो । आफूमाथि आक्रमण भएको भन्दै श्रेष्ठले प्रहरी वृत्त महाराजगञ्जमा जाहेरी दिएका थिए ।

    सार्वजनिक भएको सीसीटीभी फुटेजमा देखिएको दृश्यमा श्रेष्ठ अध्यक्ष राजेन्द्र लिङ्देनको कोठामा प्रवेश गर्न खोजेका थिए ।

    तर ढोकामा पुग्दा नपुग्दै ४र५ जनाको समूहले श्रेष्ठलाई मुक्का र लात्ताले हानेका थिए। केन्द्रीय कार्यसम्पादन समितिमा उपाध्यक्ष बिक्रम पाण्डे र श्रेष्ठबीच विवाद भएको थियो ।

    सोही विवादको विषयलाई लिएर पाण्डेका पीएसमेत रहेका सहायक महामन्त्री बलायरसमेतले श्रेष्ठमाथि कुटपिट गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार