Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • अफगानिस्तानमा बम विस्फोटमा परी तीन जनाको मृत्यु

    अफगानिस्तानमा बम विस्फोटमा परी तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 243
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अफगानिस्तानको बदख्सान प्रान्तको केन्द्रमा सुरक्षा बललाई लक्षित गरी भएको विस्फोटमा तीन जनाको मृत्यु भएको छ ।

    तालिबानको गृह मन्त्रालयले फैजाबाद सहरमा सुरक्षा बलको शिविरलाई लक्षित गरी विस्फोट गराइएको हो ।



    उक्त विस्फोटमा परी अन्य पाँचजना घाइते भएका छन्। अफिम खेती उन्मूलन गर्ने अभियानमा सुरक्षा बलको क्याम्प त्यस क्षेत्रमा तैनाथ थियो ।



    घटनामा तीन सुरक्षा बलका सदस्यको मृत्यु हुनुका साथै अन्य पाँचजना घाइते भएको मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले बताए ।

    यसैबीच, बदख्सानका नागरिकहरूले तालिबानलाई यस क्षेत्रको सुरक्षा बढाउन अनुरोध गरेको बदख्सानका बासिन्दा रसूलले उल्लेख गरे ।

    अहिलेसम्म कुनै व्यक्ति वा समूहले उक्त विस्फोटको जिम्मेवारी लिएको छैन । घटनाको थप विवरणको प्रतिक्षा गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार