Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बालमन्दिरको जग्गा हिनामिना प्रकरण : यी हुन् पक्राउ पुर्जी जारी भएका २० जना

    बालमन्दिरको जग्गा हिनामिना प्रकरण : यी हुन् पक्राउ पुर्जी जारी भएका २० जना

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 771
    SHARES

    काठमाडौं । बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जिल्ला अदालत काठमाडौंबाट तत्कालीन वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी लिएको हो ।



    बालमन्दिरको तर्फबाट आज बिहीबार नै सीआईबीमा जाहेरी परेको थियो । २०२१ सालमा नक्सालस्थित ‘सीता भवन’ अधिग्रहण गरेर सरकारले नेपाल बाल संगठन अर्थात बालमन्दिरका नाममा ११९ रोपनी १२ आना ३ पैसा जग्गा राखेको थियो ।



    २०४९ देखि साढे २ दशकसम्म बाल संगठनको अध्यक्ष रहँदा वैद्य र उनको कार्यसमितिका पदाधिकारी एवं कर्मचारीको मिलेमतोमा बाल मन्दिरको जग्गा हिनामिना गरिएको देखिएको थियो ।

    पछिल्लो पटक २०७२ सालमा सव लिज सम्झौता गरी उनै वैद्यले बृहस्पतिसँग पहिले भएको लिज अवधि १६ वर्ष बाँकी छँदै थप ४३ वर्ष (विसं २१३१ सम्म) का लागि बाल मन्दिरको जग्गा सुम्पिएकी थिइन् ।

    ११९ रोपनीमध्ये धेरैजसो जग्गा विभिन्न सरकारी निकायहरूले भोगचलन गरिरहेका छन् । त्यसमा पनि संगठनका तत्कालीन पदाधिकारी र कर्मचारीको सेटिङमा मन्दिरको २९ रोपनी ४ आना जग्गा निजी विद्यालय वृहस्पति विद्या सदनलाई ५९ वर्षका लागि सस्तो भाडामा लिजमा दिइएको बताइएको छ ।

    सीआईबीले अदालतबाट नेपाल बाल संगठनका तत्कालिन अध्यक्ष रीता सिंह , उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, महासचिव श्री गणेश भक्त श्रेष्ठ, उपमहासचिव सुमन शाक्य, सदस्य एवंम श्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह, महासचिव श्याम कुमार आलेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    त्यसैगरी, महासचिव सुवास कुमार पोखरेल, कोषाध्यक्ष श्री मनोहर गोपाल श्रेष्ठ,महासचिव प्रचण्डराज प्रधान, महासचिव राम काजी कोने,उपाध्यक्ष योगेन्द्र बहादुर शाही,उपकोषाध्यक्ष दिपकदास श्रेष्ठ, वृहस्पति विद्यालय व्यवस्थापन प्रालिका तत्कालिन अध्यक्ष चिरञ्जिवि तिवारी, वृहस्पति विद्यासदनका संचालक प्रविण राज जोशी,वृहस्पति विद्यासदनका तत्कालिन संचालक मुरारी निधि तिवारी र अध्यक्ष पुरुषोत्तमराज जोशीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    त्यसैगरी, वृहस्पति विद्यासदनका चार संचालकहरु श्रद्धा संघाई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया , किर्ति प्रसाद पाण्डेविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार