Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा अनुसन्धान गर्दै सीआईबी

    बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा अनुसन्धान गर्दै सीआईबी

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 306
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बाल मन्दिरको जग्गा प्रकरणमा अनुसन्धान थालेको छ।

    बालमन्दिरकोतर्फबाट जाहेरी परेसँगै सीआईबीले यसको औपचारिक अनुसन्धान सुरु गरेको हो ।



    तत्कालीन पदाधिकारी तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा जग्गा ठगी तथा हिनामिना गरेको भन्दै आज नेपाल बाल संगठनले सीआईबीमा जाहेरी दिएको थियो।



    संगठनका तत्कालीन पदाधिकारी, कर्मचारी, शक्ति केन्द्र र स्वार्थ समूहको योजनामा २९ रोपनी ४ आना जग्गा बृहस्पतिलाई २१३१ सालसम्मका लागि लिजमा दिने गरी भएको सम्झौता भएको थियो ।

    संगठनका तत्कालीन पदाधिकारी र कर्मचारीको सेटिङमा मन्दिरको २९ रोपनी ४ आना जग्गा निजी विद्यालय बृहस्पति विद्या सदनलाई ५९ वर्षका लागि सस्तो भाडामा लिजमा दिइएको बताइएको छ ।

    उक्त जग्गा बालमन्दिरले नै भोगचलन गर्दै आएकोमा २०४९सालबाट जग्गा भाडामा लगाउने नाममा हिनामिनाको क्रम सुरु भएको थियो ।

    बालमन्दिरको जग्गा दुरूपयोग भएको भन्दै उजुरी परेको थियो। केही जग्गा बृहस्पति विद्या सदनलाई सस्तोमा लिजमा दिइएको पनि उजुरी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार