Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पर्वत दम्पती हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ

    पर्वत दम्पती हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 360
    SHARES

    काठमाडौं । पर्वतमा दम्पतीको हत्या प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले दुई जनालाई पक्राउ गरेको छ ।

    सीआईबीले पर्वतको जलजला गाउँपालिका२, मल्लाजमा भएको दम्पती हत्यामा संलग्न रहेको आरोपमा कृष्ण विक र दिपक परियारलाई पक्राउ गरेको हो।



    १९ चैतको राति ९ बजेसम्म आफन्तसँग फोनमा कुराकानी गरेर सुतेका ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षीया कमला जिसी भोलिपल्ट मृत भेटिएका थिए ।



    उनीहरूको घाँटी र टाउकोमा चोट लागेको थियो भने धारिलो हतियार प्रहार गरेर हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

    लुटपाटको उद्देश्यले नै उनीहरूको हत्या भएको प्रहरी अनुसन्धानको निष्कर्ष छ । लुटपाट भएको सुनसहित उनीहरूलाई पक्राउ गरिएको सीआईबी स्रोतले बतायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार