Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पहिरोले खोटाङमा एक घर भत्कियो, दर्जनौँ पशुचौपाया मरे

    पहिरोले खोटाङमा एक घर भत्कियो, दर्जनौँ पशुचौपाया मरे

    अनलाइन नेपाल
  • सोमबार, ११ भाद्र २०८०
  • 831
    SHARES

    फाइल तस्विर

    खोटाङ । अविरल वर्षाका कारण झरेको पहिरोले खोटाङमा एउटा घर पूर्णरूपमा क्षति भएको छ भने दर्जनौँ पशुचौपाया मरेका छन् । केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण घरमाथिबाट झरेको पहिरोले दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँ बोफ्लुका बुद्धिमान तामाङको घर पूर्णरूपमा क्षति भएको हो ।

    पहिरोले तामाङको घर पुरिँदा तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए । आइतवार झरेको पहिरोले तामाङको घरमा पूर्णरूपमा क्षति भए पनि मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ ।



    कान्ले पहिरोले ऐसेलुखर्क गाउँपाबलिका–७ माक्पाका तेजबहादुर कामीको घरमा क्षति पुगेको छ । घरभन्दा तलबाट गएको पहिरोले कामीको घर अगाडिपट्टिको बरण्डा भत्किएको वडाध्यक्ष अरुण राईले जानकारी दिए ।



    वर्षाका कारण झरेको पहिरोले गोठ भत्किँदा कामीको दुई वटा भैँसी, दुई वटा पाडा, एउटा गोरु र सात वटा खसी बाख्रा मरेका छन् । पहिराबाट कामीको गोठमा भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    वर्षाका कारण गोठ ढल्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीका तीर्थबहादुर विश्वकर्माको एउटा गोरु मरेका छन् । ढलेको गोठले पुरिएर एउट गोरु र बाछो घाइते भएको वडाध्यक्ष डम्बरबादुर खड्काले बताए । गोठ भत्किँदा खोटेहाङ गाउँपालिका–८ सिम्पानीका राजेन्द्र प्रधानको एउटा भैँसी, एउटा पाडा र दुई वटा बोका मरेका छन् । प्रधानको रु तीन लाख आठ हजारको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।

    साकेला गाउँपालिका–३ खिदिमाका कुनुराम राईको एउटा लैनो भैँसी र एउटा पाडा पुरिएर मरेको जनाइएको छ । पहिरोबाट राईको अन्दाजी तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

    वर्षाकै कारण हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित राबुका देबेन्द्र राईको मतान भत्किँदा पाँच वटा खसी बाख्रा मरेको छ । सोही नगरपालिकाको वडा नं ७ महादेवस्थानका कृष्ण कार्कीको बन्दै गरेको पक्की घर तथा डम्बर कार्की, कमानसिं रार्ई, बलबहादुर राई, केशव परियार र दीपक परियारको घरमुनीबाट पहिरो गएको र रमेश बस्नेतको घरमाथिबाट आएको पहिरोले छवटा घर उच्च जोखिममा परेको छ ।

    जिल्लामा पहिरोका कारण भएका क्षतिको विवरण आउनेक्रम जारी रहेकाले कति क्षति भयो भन्ने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । पहिरोले जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध भएका छन् भने राष्ट्रिय राजमार्गका विभिन्न ठाउँमा पहिरो जानुका साथै भाएिर ठूलो क्षति भएको पाइएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार