Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पहिरोले कान्ति लोकपथ र मदन भण्डारी मार्ग अवरुद्ध

    पहिरोले कान्ति लोकपथ र मदन भण्डारी मार्ग अवरुद्ध

    अनलाइन नेपाल
  • मंगलबार, २३ साउन २०८०
  • 735
    SHARES

    फाइल तस्विर

    मकवानपुर । मकवानपुरमा झरीका कारण पहिरो जाँदा हेटौंडालाई काठमाडौंसँग जोड्ने दुई छोटा राजमार्ग अवरुद्ध भएका छन् । पहिरोका कारण कान्ति लोकपथ र मदन भण्डारीमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    गएराति मकवानपुरको भीमफेदी गाउँपालिका–२ ज्यालटारस्थित मदन भण्डारीमार्ग हेटौंडा–भैसे–भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा पहिरोका कारण बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



    गएराति नै मकवानपुरको बकैया–११ लामराङस्थित कान्तिलोक पथ सडकखण्डमा वर्षाका कारण पहिरो खस्दा दुवैतर्फ बाटो अवरोध भएको प्रहरीले जनाएको छ ।



    उक्त स्थानमा प्रहरीले पहिरो हटाउनका लागि सडक विभागसँग समन्वय गर्दा जोखिमका कारण राति पहिरो हटाउन नसक्ने जानकारी प्राप्त भएको प्रहरीले बताएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार