Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एमाले उपाध्यक्ष पौडेलले भने – अर्थतन्त्रका कुनै सूचक सकारात्मक छैनन्

    एमाले उपाध्यक्ष पौडेलले भने – अर्थतन्त्रका कुनै सूचक सकारात्मक छैनन्

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 390
    SHARES

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अर्थतन्त्रका कुनै पनि सूचक सकारात्मक नरहेको दाबी गरेका छन् ।

    प्रतिनिधिसभाको बिहीबारको बैठकमा समय लिएर बोल्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् । उपाध्यक्ष पौडेलले नेपाली अर्थतन्त्र मन्दीको अवस्थामा पुगेको जिकिर गरे।



    उपाध्यक्ष पौडेलले भने,‘अर्थतन्त्रमा समस्या छन्, परिसूचक नकारात्मक छन् तर निवर्तमान अर्थमन्त्री आँकडा सच्याउन हिँड्नुभयो । आँकडा सच्याएर हुँदैन, अवस्था सच्याउनुपर्छ ।राजस्वको लक्ष्य पूरा हुन सक्दैन, स्वयं निवर्तमान अर्थमन्त्रीले गरेको संशोधिन अनुमानमा पुग्न पनि गाह्रो छ।’



    गलत सूचना सम्प्रेषण गरेर अर्थतन्त्र दुरुस्त छ भनेर दाबी गर्नु आपत्तिजनक रहेको पनि पौडेलले प्रस्ट पारे ।

    आर्थिक वर्षको सुरुका महिनामा सामान्यतया आन्तरिक ऋण नउठाइने भए पनि यसअघिको सरकारले आन्तरिक ऋण उठाउने अवस्थामा पुगिसकेको अवस्थामा समेत अर्थतन्त्र सकारात्मक रहेको भ्रामक प्रचार गरेको पौडेलको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार