Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • संविधानको मर्म अनुसार नै गठबन्धन परिवर्तन भएको हो : विष्णु पौडेल

    संविधानको मर्म अनुसार नै गठबन्धन परिवर्तन भएको हो : विष्णु पौडेल

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 387
    SHARES

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले संविधानको मर्म अनुसार नै अहिले गठबन्धन परिवर्तन भएको बताएका छन्।

    प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् । उपाध्यक्ष पौडेलले गठबन्धन परिवर्तन भएर सरकार पुनर्गठन भएकोप्रति नेपाली कांग्रेसमा निकै ठुलो पीडा र छटपटी देखिएको बताए ।



    उपाध्यक्ष पौडेलले भने,‘कांग्रेसमा यो तहको पीडा, छटपटी, बेचैनी कांग्रेसले व्यक्त गर्न आवश्यक थिएन । कि त गठबन्धन बनाउन पाइन्छ तर नेपाली कांग्रेससँग मात्र भनेर लेख्नु पर्‍यो नि संविधानमा ।’



    दलहरुका बिचमा सहकार्य हुन्छ, दलहरु मिलेर सरकार निर्माण र सञ्चालन गर्छन् भनेर संविधानले नै प्रबन्ध गरेको उनले बताए ।

    संविधान सम्मत् ढंगले विकल्प खोजिएको जिकिर गर्दै उनले यो संविधान अनुसार कुनै पनि दलले बहुमत ल्याउन सक्दैनन् भन्ने तर्कमा आफू सहमत नरहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार