Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गठबन्धन खुकुलोः सत्तारूढ दलमै असन्तुष्टि

    गठबन्धन खुकुलोः सत्तारूढ दलमै असन्तुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, २० बैशाख २०८१
  • 1.9K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सत्तारूढ गठबन्धन खुकुलो बन्दै गएको छ । सत्तारूढ दलमै रहेका नेताहरूले तीव्र रूपमा असन्तुष्टि पोखिरहेका छन् । गठबन्धन फेरि कतिखेर टुट्ने र नयाँ गठबन्धन बन्ने त्यसको टुंगो छैन । नेताहरूको आपसी तालमेल नमिल्दा गठबन्धनभित्रै असन्तुष्टि बढ्दै गएको हो ।

    नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी नेपाल (जसपा) मिलेर गठबन्धन बनेको छ । नेपाली कांग्रेससँगको सहकार्य तोडेर नयाँ गठबन्धन बनेदेखि नै गठबन्धनभित्र असन्तुष्टि रहेको छ ।



    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २१ फागुनमा कांग्रेससहितका दलको गठबन्धन तोडेका थिए । एमालेसहितका दलहरू मिलेर नयाँ गठबन्धन बनेपछि नेताहरूमा तालमेल मिल्न सकेको छैन । हुन त एमालेसहितका दलसँग यसअघि बनेको गठबन्धन प्रधानमन्त्री प्रचण्डले नै तोडेर कांग्रेससँग गठबन्धन बनाएका थिए ।



    अहिलेको गठबन्धनमा सबैभन्दा बढी असन्तुष्टि एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पोखिरहेका छन् । सार्वजनिक कार्यक्रममै उनले गठबन्धन फुट्नेगरी अभिव्यक्ति दिइरहेका छन् ।

    प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको तालमेल मिल्न नसक्दा गठबन्धन जतिखेर पनि टुट्नसक्ने र कांग्रेससँग नयाँ गठबन्धन बन्ने अवस्थामा पुगेको छ । गठबन्धनमा रहेका नेता असन्तुष्टि हटाउने र मिलेर अगाडि बढ्ने विषयमा गम्भीर देखिएका छैनन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार