Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रतिबन्ध हटाउन आग्रह गर्दै सरकारलाई टिकटकको तेस्रो पत्र

    प्रतिबन्ध हटाउन आग्रह गर्दै सरकारलाई टिकटकको तेस्रो पत्र

    अनलाइन नेपाल
  • सोमबार, २९ माघ २०८०
  • 618
    SHARES

    काठमाडौं । सामाजिक सञ्जाल टिकटकले प्रतिबन्ध हटाउन आग्रह गर्दै तेस्रोपटक पत्र लेखेको छ ।

    समाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद बैठकले गत २७ कात्तिकमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । त्यसपछि टिकटकले ३० कात्तिकमा नेपाल दूरसञ्चार प्राधिकरण र २० मंसिरमा सञ्चार मन्त्रालयलाई पत्र लेख्दै प्रतिबन्धको निर्णय फिर्ता लिन आग्रह गरेको थियो ।



    त्यसपछि आइतबार फेरि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई सम्बोधन गर्दै टिकटकले पत्र लेखेको हो । टिकटकले नेपालको कानूनअनुसार आफ्नो प्लेटफर्म चलाउने प्रतिबद्धता जनाउँदै प्रतिबन्ध फुकाइदिन आग्रह गरेको हो ।



    पाँचबुँदे पत्रको पहिलो बुँदामा टिकटकले नेपालको कानूनी प्रक्रिया पूरा गर्न तयार रहेको बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार