Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • इलाम उपनिर्वाचन : एमालेका उम्मेदवार नेम्वाङ र कांग्रेसका खड्काले गरे मतदान

    इलाम उपनिर्वाचन : एमालेका उम्मेदवार नेम्वाङ र कांग्रेसका खड्काले गरे मतदान

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 543
    SHARES

    इलाम । उपनिर्वाचनका लागि इलाममा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ र नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले मतदान गरेका छन्।

    मुख्य निर्वाचन अधिकृतका अनुसार इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा नेकपा एमालेका उम्मेदवार नेम्वाङ र नेपाली कांग्रेसका उम्मेदवार खड्काले मतदान गरेका हुन् ।



    मतदानपश्चात उनीहरुले निधक्क भएर भोट हाल्न आग्रह गरेका छन् । बिहान ७ बजेबाट सुरु भएको मतदान आज बेलुका ५ बजेसम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए ।



    एमालेका उपाध्यक्ष एवम् संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाममा उपनिर्वाचन भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार