Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

    ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २६ बैशाख २०८१
  • 303
    SHARES

    फाइल तस्विर

    ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा स्थानीय सिद्धेश्वरी माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्ने ९ वर्षीय मानस तामाङ छन् ।



    दुर्घटनामा सोही विद्यालयमा अध्ययनरत ८ जना विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ ।



    खहरे हुँदै डुम्रिसेको तालखर्कतर्फ जाने क्रममा प्रदेश १–०१–००१ त ९०६९ नम्बरको ट्रयाक्टर सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

    घाइते सबैलाई जिल्ला अस्पताल पाँचथर लगिएको छ । दुर्घटनापछि चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार