Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पहिरोमा पुरिएर ताप्लेजुङको सिदिङ्वामा बाबु-छोराको मृत्यु

    पहिरोमा पुरिएर ताप्लेजुङको सिदिङ्वामा बाबु-छोराको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 555
    SHARES

    ताप्लेजुङ । ताप्लेजुङमा बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या तीन पुगेको छ।

    ताप्लेजुङको सिदिङ्वा-६ मेहेलेमा पहिरोमा पुरिएर सोमबार विहान बाबु-छोराको मृत्यु भएको हो ।



    मृत्यु हुनेमा सिदिङ्वा९६ मेहेले मुकुभञ्ज्याङका केशरकुमार राई र उनका छोरा सुरेश कुमार छन्।



    पहिरोमा पुरिएर गम्भीर घाइते भएका राईलाई उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा मृत्यु भएको ताप्लेजुङ प्रहरीले जनाएको छ ।

    सोही पहिरोमा परेका राजकुमार राई भने शक्त घाइते भएका छन्।

    उपचारका लागि लैजाने सबै बाटाहरु बन्द भएकाले विकल्प खोज्ने क्रम भईरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार