Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • फोहोरको थुप्रोभित्र ८९ थान सुनका गहना भेटिए

    फोहोरको थुप्रोभित्र ८९ थान सुनका गहना भेटिए

    अनलाइन नेपाल
  • शुक्रबार, ४ कार्तिक २०७९
  • 702
    SHARES

    फाइल तस्विर

    ताप्लेजुङ । ताप्लेजुङमा फोहोरको थुप्रोभित्र लुकाएको अवस्थामा ८९ थान सुनका गहना प्रहरीले फेला पारेका छन् । जङ्गलमा फालिएको फोहोर थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा शुक्रबार प्रहरीले फेला पारेको हो।

    गत असोज १७ गते ताप्लेजुङको फुङलिङस्थित कञ्चन मनी ट्रान्सफरमा भएको लुटपाटपछि हराइरहेको सुनका गरगहनामध्ये थप ८९ थान सुनका गहना फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।



    सुनका गहना फुङलिङ–४ स्थित एक झाडी जङ्गलमा फोहोर थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी कैलाश राईले बताए।



    फेला परेको सुनको परिणाम निकाल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। यसअघि चार लुटेरा प्रहरीले नियन्त्रणमा लिँदा लुटेराका साथबाट १४३ तोला सुनका गरहगना र नगद रु ६ लाख १३ हजार ३ सय ४० प्रहरीले बरामद गरेको थियो।

    कञ्चन मनी ट्रान्सर्फर सञ्चालक अम्बरकुमार श्रेष्ठले तीन सय ४८ तोला सुन र रु नगद ११ लाख ६३ हजार दुई सय ५० लुटपाट भएको जाहेरी प्रहरीलाई दिएका छन्। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार