Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • नागरिकलाई सुरक्षाको प्रत्याभूत गराउने ताप्लेजुङका प्रहरी प्रमुख लिम्बूको प्रतिवद्धता

    नागरिकलाई सुरक्षाको प्रत्याभूत गराउने ताप्लेजुङका प्रहरी प्रमुख लिम्बूको प्रतिवद्धता

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 399
    SHARES

    ताप्लेजुङ । ताप्लेजुङका नयाँ प्रहरी प्रमुख राजन लिम्बूले नागरिकलाई सुरक्षाको प्रत्याभूत गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    ताप्लेजुङ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेसँगै बिहीबार स्थानीय सञ्चारकर्मीसँग परिचयात्मक भेटघाटमा उनले यस्तो बताएका हुन् ।



    सरुवा भएर आएका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक लिम्बूले सर्वसाधारण नागरिकले आफू सुरक्षित छु भन्ने महशुस हुनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।



    उनले सामाजिक अपराध न्युनीकरण गर्ने कार्यलाई प्रमुख प्राथमिकता दिने बताए । अपराध न्युनीकरण भएमा सर्वसाधारण नागरिकले सुरक्षाको अनुभूत गर्ने हुँदा यस कार्यमा आफू प्रतिवद्ध रहेको उनको भनाई छ ।

    प्रहरी र नागरिकबीच सहयात्रीको रुपमा सम्बन्ध स्थापित गर्दै जिल्लामा प्रहरी सेवालाई चुस्त तथा प्रभावकारी बनाउने प्रहरी नायव उपरीक्षक लिम्बूले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार