Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • ताप्लेजुङमा वडाअध्यक्षसहित सबै सदस्य निर्विरोध निर्वाचित

    ताप्लेजुङमा वडाअध्यक्षसहित सबै सदस्य निर्विरोध निर्वाचित

    अनलाइन नेपाल
  • सोमबार, १२ बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ मा अध्यक्षसहित सबै सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

    निर्वाचन अधिकृत राजकुमार दाहालका अनुसार वडाध्यक्ष छेदेन लामा शेर्पा, महिला सदस्यमा फुपु लमु श्रेष्ठ, दलित महिला सदस्यमा विपना तुम्हामफे विक र खुला सदस्यमा टासी शेर्पा र बाङ्या शेर्पा निर्वाचित भएका छन् ।



    निर्विरोध निर्वाचित सबै जनाले स्वतन्त्रबाट मनोनयन दर्ता गराएका छन् ।



    मनोनयन दर्ता गराउन अरु कोही पनि नआएका निर्वाचन अधिकृत दाहालले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार