Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • नयाँ फिल्म ‘किङ’मा डनको रोलमा देखिँदै शाहरुख

    नयाँ फिल्म ‘किङ’मा डनको रोलमा देखिँदै शाहरुख

    अनलाइन नेपाल
  • बुधबार, १२ बैशाख २०८१
  • 240
    SHARES

    एजेन्सी। बलिउड अभिनेता शाहरुख खान आगामी फिल्म ‘किङ’मा छोरी सुहानासँग देखिँदैछन् ।

    यो एक्सन थ्रीलर फिल्ममा बाउछोरीले पहिलोपटक स्क्रिन सेयर गर्न लागेका हुन् । यो फिल्मलाई सुजोए घोषले निर्देशन गर्नेछन् भने सिद्धार्थ आनन्दसँग मिलेर गौरी खानले निर्माण गर्दैछिन्।



    यो फिल्ममा शाहरुखलाई पुरै एक्सन-प्याक्ड भूमिकामा देख्न सकिनेछ । यो फिल्ममा शाहरुखको भूमिकालाई लिएर मंगलबार नयाँ खबर आएको छ । यो फिल्ममा उनले डनको भूमिका निर्वाह गर्नेछन् ।



    चरित्र पनि ‘ग्रे सेड’को हुने जनाइएको छ । यो फिल्ममा शाहरुख लामो कपाल र दाह्रीको साथ देखिनेछन् । यसवर्षको सेप्टेम्बरमा फिल्मको छायांकन सुरु हुँदासम्म शाहरुखले प्रशंसकलाई नयाँ लुकसहित सरप्राइज दिनसक्छन्।

    यो फिल्म ‘किङ’लाई द्रुत-गतिको एक्सन थ्रीलर फिल्म बताइएको छ जसले गुरु र शिष्यको यात्रालाई वर्णन गर्दछ । सबै बाधाविरुद्ध उनीहरु संघर्ष गर्छन् । यो फिल्मबाट शाहरुखकी छोरी सुहानाले डेब्यु गर्दैछिन् । यो फिल्ममा उनले राजाकी शिष्यको भूमिका निर्वाह गर्दैछिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार