Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सन्त गुरुद्वारा शाहरुखको ज्यान लिने धम्की

    सन्त गुरुद्वारा शाहरुखको ज्यान लिने धम्की

    अनलाइन नेपाल
  • बुधबार, ६ पुष २०७९
  • 678
    SHARES

    मुम्बई। बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म ‘पठान’ को पहिलो गीत ‘बेशर्म रंग’ रिलिज हुनासाथ विवाद सुरु भएको हो थियो ।

    गीतमा अभिनेत्री दीपिका पादुकोणले लगाएर बिकिनीको रंगलाई लिएर विवाद सुरु भएको थियो । भारतमा अधिकांश ठाउँमा यो फिल्मलाई प्रतिबन्ध लगाउनुपर्ने माग उठिरहेको छ।



    शाहरुख र दीपिकासहित फिल्मको टिमका सदस्यविरुद्ध उजुरी पनि पर्न थालेको छ। फिल्मको विरोध गरिरहेका सन्त जगतगुरु परमहंस आचार्यले शाहरुखलाई जिउँदै जलाउने धम्की दिएका छन्।



    ‘फिल्म पठानमा भगवा रंगको अपमान गरिएको छ। उनीहरुले हिन्दुको भावनालाई आहत बनाउन यसो गरेका हुन्। पैसा कमाउनका लागि मानिसले धन्दा बनाइसकेका छन्। यसकारण हामीले शाहरुख खानको पोस्टर जलायौं र म शाहरुख खानलाई खोजिरहेको छु। जुन दिन उसलाई भेट्छु, त्यो जिहादीको छाला तासेर जिउँदै जलाउँछु’, उनले भनेका छन्।

    उनले शाहरुखले आफ्नो धर्म इस्लामप्रति कुनै वेबसिरिज र फिल्म नबनाएकाले उनलाई हलाला, तीन तलाक र पैगम्बर मुहम्मदको जीवनमा आधारित फिल्म बनाउन चुनौती दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार