Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • १२ वर्ष कान्छी पाकिस्तानी अभिनेत्रीलाई डेट गर्दै बादशाह

    १२ वर्ष कान्छी पाकिस्तानी अभिनेत्रीलाई डेट गर्दै बादशाह

    अनलाइन नेपाल
  • बुधबार, १२ बैशाख २०८१
  • 462
    SHARES

    एजेन्सी। भारतीय र्‍यापर तथा गायक बादशाह र पाकिस्तानी अभिनेत्री हानिया आमिरसँग डेट गरिरहेको खुलासा भएको छ ।

    बादशाह र हानिया आमिरले पछिल्लो समय दुबईमा छुट्टी मनाइरहेको फोटोहरू इन्टरनेटमा भाइरल भएका हुन् ।



    पाकिस्तानी अभिनेत्री हानियाले बादशाहसँगको सामाजिक सञ्जालमा केही पोष्ट गरेकी छिन् ।



    पछिल्लो तस्बिरमा, हानिया र बादशाह क्यामेराको लागि रमाइलो तरिकामा पोज दिइरहेका छन्।

    तस्बिरसँगै हानिया आमिरले बादशाहसँगको एउटा भिडियो पनि पोस्ट गरेकी छिन्, जसमा दुवै जना सँगै रमाइलो गर्दै समय बिताएको देखिएका छन् ।

    हानिया आमिर र बादशाहबिच प्रेम सम्बन्ध रहेको अनुमान डिसेम्बर १, २०२३ बाट सुरु भएको थियो जब दुवैले आ-आफ्नो सामाजिक सञ्जाल ह्यान्डलहरूमा एकअर्कासँग रमाइलो गरिरहेको तस्बिरहरू साझा गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार