Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पाकिस्तानका कुनै पनि मन्त्रीले तलब नलिने

    पाकिस्तानका कुनै पनि मन्त्रीले तलब नलिने

    अनलाइन नेपाल
  • बिहिबार, ८ चैत्र २०८०
  • 837
    SHARES

    एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ र उनका मन्त्रीहरूले तलब नलिने घोषणा गरेका छन् ।

    पाकिस्तान खराब आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । केही दिन अघि त्यहाँ नवनियुक्त राष्ट्रपति आसिफ अली जरदारीले तलब नलिने घोषणा गरेका थिए ।



    प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्ति अनुसार सरकारले अनावश्यक खर्चमा कटौती गर्ने निर्णय गरेको हो । सरकारको मितव्ययिता नीतिअनुसार सबै मन्त्रीहरूले तलब र त्यससँग सम्बन्धित सबै सुविधा छाड्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।



    आर्थिक संकटको गम्भीरतालाई ध्यानमा राख्दै शहबाज शरीफको मन्त्रिपरिषद्ले सरकारी खर्चमा विदेशी भ्रमणमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । सरकारले संघीय मन्त्री, सांसद र सरकारी अधिकारीहरूलाई विदेश भ्रमणमा नजान निर्देशन दिएको छ ।

    यात्राका लागि सरकारी कोष प्रयोग गर्नै पर्ने भए शहबाज सरिफको सरकारबाट पूर्व स्वीकृति लिनुपर्ने बताइएको छ । गत हप्ता राष्ट्रपति जरदारी र गृहमन्त्री मोहसिन नकवीले पनि तलब नलिने घोषणा गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार