Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित

    एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित

    अनलाइन नेपाल
  • बुधबार, २६ बैशाख २०८१
  • 306
    SHARES

    ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित भएका छन् ।

    मंगलबार सम्पन्न पार्टीको १२औँ जिल्ला अधिवेशनले उनलाई निर्वाचित गरेको हो ।



    निर्वाचन समितिका अनुसार तुम्बाहाम्फेले आफ्ना प्रतिस्पर्धी बलबहादुर साम्सोहाङभन्दा २६ मत बढी पाएका थिए ।



    पार्टी उपाध्यक्षमा दीपेन्द्र पोमू, सचिवमा सन्तोष चाम्लिङ, उपसचिव खुलामा गोपाल न्यौपाने र उपसचिव महिलामा भीमादेवी ओझा निर्वाचित भएका छन् ।

    जिल्लाभरबाट ३६७ प्रतिनिधि अधिविशेनमा सहभागी भएका थिए । अधिवेशनको एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गरेका थिए । रासस

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार