Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • खेलकुदमन्त्री श्रेष्ठले गरे दशरथ रंगशालाको निरीक्षण, पाँच दिनभित्र रिपोर्ट बुझाउन निर्देशन

    खेलकुदमन्त्री श्रेष्ठले गरे दशरथ रंगशालाको निरीक्षण, पाँच दिनभित्र रिपोर्ट बुझाउन निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, २५ बैशाख २०८१
  • 444
    SHARES

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको निरीक्षण गरेका छन् । दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मापदण्ड गुमाउने भएपछि उनले मंगलबार त्यसको निरीक्षण गरेका हुन् ।

    त्यसक्रममा मन्त्री श्रेष्ठले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङसँग के कारणले दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मापदण्ड गुमाएको भन्दै प्रश्न गरेका थिए ।



    राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले पनि रंगशालाको आवश्यक मापदण्डबारे आफूहरूलाई एन्फाले जानकारी नगराएको उल्लेख गरे ।



    सरकार या खेलकुदको प्रशासकीय निकाय राखेप र प्रतिनिधिमण्डलबीच एन्फाले छलफल नगराएको पनि राखेपले आरोप लगाएको छ । आवश्यक पक्ष सुधार गर्दै पाँच दिनभित्र रिपोर्ट बुझाउन पनि सम्बन्धित पक्षलाई निर्देशन दिएको मन्त्री श्रेष्ठले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार