Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सन्दीप लामिछानेको दाबी : घटना घटेको नभएर घटाइएको हो, निर्दोष छु

    सन्दीप लामिछानेको दाबी : घटना घटेको नभएर घटाइएको हो, निर्दोष छु

    अनलाइन नेपाल
  • मंगलबार, २५ बैशाख २०८१
  • 1K
    SHARES

    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले आफूलाई फसाइएको दाबी गरेका छन् ।

    बलात्कार मुद्दा खेपिरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका लामिछानेले मंगलबार सामाजिक सञ्जालमा धारणा राख्दै यस्तो दाबी गरेका हुन् ।



    उनले घटना घटको नभएर घटाइएको जिकिर गरे ।



    उनी लेख्छन्, ‘म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ । त्यसमा तपाईंहरूको पनि सहभागिता छ । धेरै खोल्न बाँकी छ । फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो । बास्तबिक अनुहार आफै निस्केला म चाहि विश्वस्त छु । अन्तमा म निर्दोष छु र मेरो निर्दोशितामा विश्वास र सहानुभूति राख्नेहरू संग म जीवन भर ऋणी रहने छु ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार