Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बार्सिलोना युरोपा लिग फुटबलबाट बाहिरियो

    बार्सिलोना युरोपा लिग फुटबलबाट बाहिरियो

    अनलाइन नेपाल
  • शुक्रबार, २ बैशाख २०७९
  • 1.4K
    SHARES

    एजेन्सी । बार्सिलोना युरोपा लिग फुटबलको क्वाटर फाइनलबाट बाहिरिएको छ ।

    बिहीबार राति भएको क्वाटर फाइनलको दोस्रो लेगमा जर्मन क्लब फ्रान्कफुर्टसँग घरेलु मैदानमा ३–२ गोलले पराजित हुँदै बार्सिलोना बाहिरिन पुगेको हो ।



    समग्रमा बार्सिलोना ४–३ गोलले पराजित भयो । यसअघि पहिलो लेगमा बार्सिलोनाले फ्रान्कफुर्टसँग १–१ गोलको बराबरी खेलेको थियो । फ्रान्कफुर्टका फिलिप कोस्टिकले दुई र राफेल सान्तोसले एक गोल गरे ।



    बार्सिलोनाका सर्जियो बुस्केट्स र मेम्फिस डिपेले एकरएक गोल फर्काए । यो हारसँगै बार्सिलोनाको १५ खेलसम्मको अपराजित यात्रा पनि रोकिएको छ ।

    यसअघि बार्सिलोना च्याम्पियन्स लिग र कोपा डेल रेबाट पनि बाहिरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार