Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • गण्डकी प्रदेशको डीआईजीमा दुर्गा चन्द

    गण्डकी प्रदेशको डीआईजीमा दुर्गा चन्द

    अनलाइन नेपाल
  • शुक्रबार, १४ बैशाख २०८१
  • 1.2K
    SHARES

    काठमाडौं । गण्डकी प्रदेशको नयाँ प्रहरी प्रमुखको जिम्मेवारी डीआईजी दुर्गासिंह चन्दलाई दिइएको छ ।

    उमेरहदका कारण गण्डकी प्रहरी प्रमुख डीआईजी विकासराज खनालले अवकाश पाएसँगै उनको ठाउँमा डीआईजी सिंहलाई पठाइएको हो ।



    प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार बिहीबार गृहमन्त्रीस्तरीय निर्णयबाट डीआईजी सिंहलाई गण्डकी प्रहरी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको थियो ।



    डीआईजी खनालले वैशाख ७ मा ५६ वर्षे उमेरहदका कारण अवकाश पाएका थिए। आजै शुक्रबार ६ एसएसपीको सरुवा गरिएको थियो ।

    ८ महिनामै जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्री र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरको सरुवा भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार