Online Nepal
  • सोमबार, १४ जेष्ठ २०८१
  • बुद्धचित्तको रुख कटानबारे अनुसन्धान गर्न सीआईबीको टोली परिचालन

    बुद्धचित्तको रुख कटानबारे अनुसन्धान गर्न सीआईबीको टोली परिचालन

    अनलाइन नेपाल
  • सोमबार, २४ बैशाख २०८१
  • 318
    SHARES

    काभ्रे । काभ्रेको सीसाखानीमा रहेको बुद्धचित्त (बोधिचित्त)को रुख कटानको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोली परिचालन गरिएको छ ।

    २९ चैतको राति बोधिचित्तको रुख कटान भएको घटना अझैसम्म नसुल्झिएपछि सीआईबीको टोली परिचान गरिएको हो।



    संगठित अपराधको कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।



    यो प्रकरणमा थुप्रै मान्छेलाई पक्राउ गरेर सोधपुछ गरे पनि अहिले भने तीन जनालाई मात्रै हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

    अहिले दुर्गालाल तामाङ, मानबहादुर तामाङ र श्यामकृष्ण मैनाली गरी तीन जना प्रहरी हिरासतमा छन् ।

    प्रहरीका अनुसार वार्षिक ३ करोड रुपैयाँ दिने गरी ५ वर्षलाई सत्यमान लामा र सन्दीप त्रिपाठीलाई रुख बिक्री गरेको खुलेको थियो ।

    अर्को पक्षले रुखको ठेक्का नपाएपछि काटिएको हुनसक्ने आशंका गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार